काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा र समस्या औँल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् ।
जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा छन् । निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरू पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरूलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौँ-हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौँ ।’
अध्यक्ष ओलीले परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्य युगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनः स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्ने उनले औँल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै