नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छता सम्बन्धी तालिम

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, १६ : ०३
नारायणी नदी किनारका स्ट्रिट फुड व्यवसायीलाई स्वच्छता सम्बन्धी तालिम

चितवन । नारायणी नदी किनारमा स्ट्रिट फुड व्यवसायीलाई खाना स्वच्छता सम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँको सहकार्यमा आईतबार दियालो फुड ल्याण्डमा तालिम दिईएको हो । स्ट्रिट फुड भनेको सहरका सडक र गल्ली छेउमा पाईने खानाका परिकारलाई भनिन्छ ।

स्ट्रिट फुडहरु पस्कने, तयार पार्ने तयारीलाई अभिवृद्धि गर्न प्रयोगात्मक, सैद्धान्तिक ज्ञान व्यवसायीलाई दिईने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अधिृकत मोहन कृष्ण मर्हजनले जानकारी दिए।स्ट्रिट क्षेत्रमा मानिसको ओहरदोहरका क्रममा खानामा संक्रमण हुने भएकाले आधुनिक विधि अपनाउन व्यवहायीलाई प्रोत्सहान गरिएको अधिकृत मर्हजनले बताए

कच्चा पदार्थ किन्नेदेखि ग्राहकलाई पस्कनेसम्म हानिकारक तत्वहरु खानेकुरामा आउने भएकाले यसलाई कसरी व्यवस्थापन गर्नेबारे विषेश गरी तालिममा सिकाईने छ ।सफा पानीको प्रयोग, कसरी भण्डार गर्ने, झिङ्गाबाट कसरी जोगाउने, तापकम व्यवस्थापन, दैनिक सरसफाईलाई मुख्य विषयवस्तुमा अन्तरक्रिया गरिने पनि जानकारी दिए ।

वरिष्ठ खाद्यय अधिकृत मर्हजनका अनुसार खाना तयार गर्न आधारभूत कुरा मात्र अपाउन सकियो भने स्वच्छ खानेकुरा आम उपभोक्तालाई पस्किन सकिन्छ । एक दिनसम्म चल्ने तालिममा नारायणी किनारमा आधिकारीक रुपमा दर्ता भई सञ्चालन आएका ५० जना स्ट्रिट फुड व्यवसायीलाई तालिम दिइएको हो । नारायणी नदी किनार रिभर बिचका रुपमा विकास भईरहेकाले यहाँ स्ट्रिट फुड व्यवसायीको संख्या वृद्धि हुँदै गइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस