बुटवल । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएको छ ।
मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शनिबार साँझ मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ ग्रहण आज हुँदैछ ।
मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको भन्दै संस्थापन इतर समूह रुष्ट बनेको हो । मुख्यमन्त्रीले पार्टी प्रदेश कार्यसमितिसँग छलफल सल्लाह नगरी एकलौटी ढंगले अघि बढेको प्रदेश सभापति अमरसिंह पुनले बताए । ‘मुख्यमन्त्रीलाई पार्टी हैन गुट मात्रै चाहिएको देखियो, पार्टीलाई पाखा लगाएर कसरी सरकारले काम गर्छ भन्ने प्रश्न उब्जेको छ,’ पुनले भने ।
लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले मुख्यमन्त्रीले पार्टीको प्रदेश समितिलाई बेवास्ता गरेर मनोमानी ढंगले मन्त्रिपरिषद विस्तार गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र यसबारे भोलि संसदीय बोर्डको बैठक बोलाएर मुख्यमन्त्रीसँग सोधिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी