काठमाडौँ । यो साता पनि सेयर बजारमा निकै उत्साहप्रद कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उर्लिएको सेयर बजारमा अघिल्लो साता १४२ अंकमाथिको वृद्धि भएको थियो ।
थप यो साता ११४.५ अंकले वृद्धि हुँदै नेप्से सूचक २१०९.१० अंकमा उक्लिएको छ । १८ सयको पेरिफेरिमा घुमिरहेको नेप्से सूचक दुई सातामा नै करिब २५० अंकले बढ्नुले लगानीकर्ताहरू निकै उत्साहित छन् ।
उसो त नेप्से सूचकसँगै यो साता कारोबारमा समेत उच्चता आएको छ । साताको पाँचै कारोबार दिन खुलेको बजारमा ३० अर्ब ३६ करोड ७९ लाख ४२ हजार ३१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो पछिल्लो वर्षको हालसम्मकै उच्च कारोबार हो ।
पुस १ गते आइतबार खुलेको बजारमा पहिलो दिनमा नै २७.७५ अंकको वृद्धि हुँदै गर्दा ५ अर्ब १० करोड २७ लाखको कारोबार भएको थियो भने दोस्रो दिन ३८.१४ अंकले नेप्से सूचक बढेको बजारमा ६ अर्ब ७५ करोड ६० लाख रुपैयाँ, तेस्रो दिन ४५.९८ अंकले बढ्दा ५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ र चौथो दिन ३५.९८ अंकले सूचक बढेको दिन उच्च ६ अर्ब ८८ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से सूचकमा ३२.७७ अङ्कको करेक्सन आउँदै ६ अर्ब १४ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्से सूचक र कारोबार बढेसँगै यो साता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) झन्डै २ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन १ खर्ब ९९ अर्ब ८१ करोड ३० लाख रुपैयाँले बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन मङ्सिर २८ गतेसम्ममा यस्तो मार्केट क्यापिटलाइजेशन ३० खर्ब ७६ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कायम भएको थियो । समग्रमा यो साता लगानीकर्ताहरूले झन्डै २ खर्ब रुपैयाँ कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !