पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, १३ : २९
पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

बुटवल ।  पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेको जिल्ला  प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्तीको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

चार जना सवार रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवाको सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सकुशल रहेका टिपरका चालकलाई भन प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस