पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस

एजेन्सी

शुक्रबार, ०६ पुस २०८०, १३ : ०१
पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस

एजेन्सी । पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो भएको देशको मौसम अनुगमन एजेन्सीले जनाएको छ । गएको हप्ताको प्रारम्भदेखि रुसको साइबेरियाबाट सुरु भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीका अनुसार सन् १९९६ डिसेम्बर २६ मा मंगोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यस दिन तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस