चिसो मौसम सुरु भए पनि एलपी ग्यासको खपत बढेन

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ पुस २०८०, ०८ : ३०
चिसो मौसम सुरु भए पनि एलपी ग्यासको खपत बढेन

काठमाडौ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।

चालुु  आर्थिक  वर्षको  साउन  महिनादेखि  नै  ग्यासको खपतमा गिरावट हुुँदै आएको छ । नेपाल आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको  खपत  बढ्ने  गरेकामा  गत  आवमा  पाँच  प्रतिशतले खपत घटेको छ ।

पछिल्लो  समय  विद्युतीय  चुलो  (इन्डक्सन)  को  प्रयोग  बढ्दै  गएकाले  पनि  ग्यासको  खपतमा  कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका  अध्यक्ष  शिवप्रसाद  घिमिरेले  आर्थिक  मन्दीका  कारण  ग्यासको  खपतमा  कमी  आएको  जानकारी दिए । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस