सीएटीएलको आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा सीजी मोटर्स​

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १५ : १७
सीएटीएलको आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा सीजी मोटर्स​

काठमाडौं। सीजी मोटर्सले विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’को नेपालमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारी थालेको छ ।नेपालमा बिक्री गर्ने नेटा, लाइट कमर्शियल भेइकल केवाईसी, किङलङलगायत सम्पूर्ण गाडीहरूमा सीएटीएलकै ब्याट्री जडान हुने गरेको छ ।

 

यसका साथै विद्युतीय गाडी बिक्री वितरणको प्रमुख हिस्सासमेत सीएटीएल रहेकोले सीजीलाई सर्भिस सेन्टरको काम अगाडि बढाउन भनिएको हो ।

सोही अनुसार सीसी मोटर्सले अब नेपालमा सीएटीएल लागि आधिकारिक सर्भिस कम्पनीका रुपमा काम गर्नेछ ।त्यसपश्चात् सीएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू नेपालबाटै लिन सकिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस