वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : उपाध्यक्ष पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १४ : ४२
वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : उपाध्यक्ष पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे ।  

 

मंगलबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कांगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन भनी पनि गरे ।

उनले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि बताए ।उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसद्को अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे ।  

प्रतिक्रिया दिनुहोस