एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी

सोमबार, १० पुस २०७४, ११ : ०४
एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी


रामचन्द्र नेपाल
मलेशिया । गैरआवासिय नेपाली संघ मलेशियाको जोहोर क्षेत्रीय शाखा गठन भएको छ । क्षेत्रीय कमिटीको अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा अर्जुनबहादुर सिंह,सहसचिवमा युवराज ज्योति र कोषाध्यक्षमा खेमबहादुर थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा रेस्मा राई,कविन्द्र राई,सिताराम बस्तेत,रवि लिम्वु,नारायण गिरि, विन्दु दर्लामी, गणेश आरपी, सिताराम फुयाल,अनिलकुमार,माया भुजेल, भिम दाहाल, विजय अधिकारी, रुद्र बस्नेत, धमेन्द्र महतो र नारायण बटाला रहेका छन् ।

शाखाको उद्घाटन आईसीसी सदस्य विश्व राई, एनआरएनएका मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने र संरक्षक रमेश तिवारीले सयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले धेरै लामो समय पछाडि जोहोरवारुमा शाखाको स्थापना भएको र शाखाले नेपालीहरुको हितमा उपयुक्त हुने कार्य गर्दै नेपालमा श्रमिक लगानीको वातावरण भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।

साथै उनीहरुले मलेशियाका अन्य क्षेत्रमा पनि शाखाहरु गठन गर्दै लैजाने बताए ।

कार्यक्रममा एनआरएनका महासचिव सुन्दर आलेले मलेशियामा एनआरएन गठन गर्दाका क्षणहरुको चर्चा गर्दै संस्थालाई सबै मिलेर सकारात्मक सोचका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा जनप्रगतिशील मञ्चका अध्यक्ष प्रेम पाण्डे, आदिवासी जनजाति महासंघका मातृका धिमाल, पीएनसीसीका मलेसिया को(अडिनेटर रामचन्द्र नेपाल, श्रमिक एकता समाजका रविलाल अधिकारी,
ब्यवसायी नारायण गिरि लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

एनआरएनए मलेशियाका युवा संयोजक ज्ञानेन्द्र सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश मल्लले गरेका थिए ।
कार्यक्रममा नवनियुक्त शाखाका पदाधिकारीहरुलाई एनआरएन अध्यक्ष खगेन्द्र न्यौपानेले सपथ खुवाएका थिए ।
सयौ नेपालीहरु उपस्थित रहेको कार्यक्रममा कलाकारहरुले आआफना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस