सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १६ : ०५
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिक आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले उक्त आदेश दिएको हो ।  अदालतले मुद्दाको अन्तिम टुङ्गो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस