काठमाडौँ । सिरहा र नवलपरासी पश्चिमबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सिरहाको सिराहा नगरपालिका-१७ माडर बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित मिर्चैया नगरपालिका-५ बस्ने २४ वर्षीय कृष्ण कुमार यादव समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १ सय ३० मिलिग्रामसहित विनय गाउँपालिका-२ घर भई रुपन्देही देवदह नगरपालिका-५ खैरेनी बस्ने २६ वर्षीय मन प्रसाद गुरुङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु. ८५ प २९४७ को मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ