शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम सवा ४ अर्बभन्दा माथि

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, १६ : ०२
शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम सवा ४ अर्बभन्दा माथि

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा मंगलवार दोहोरो अंकको वृद्धि भएको छ ।आइतवार धेरै बढेर सर्किट नै लागेको बजार सोमवार घटेकोमा मंगलवार फेरि उकालो लागेको हो ।३६.८६ अंकले वृद्धि हुँदा बजार १९८५.८६ अंकमा पुगेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोना मिनरल्स एन्ड ओएल लिमिटेडको शेयरमा १० प्रतिशतको वृद्धि हुँदा अन्य ७ संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

सीवाईसीएल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।१ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच  हुँदा कारोबार रकम भने ४ अर्ब ३० करोड ९० लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस