जिनान । सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
सोमबार एक्कासि जिनानमा हिमपात र हावाहुरी सुरु भई बिहान ३ देखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो । हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।
जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ । मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ मंसिर २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कर्णालीमा हिमपात सुरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात