चितवन । चितवनको भरतपुर अस्पतालमा प्रसूति सेवाका लागि लागि थप पाँचवटा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर सबैभन्दा धेरै प्रसुती सेवा दिंदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थपि पाँचवटा ‘बर्थिङ स्वीट्स रुम’ को स्वास्थ्यमन्त्री मोहन बस्नेतले उद्धघाटन गरेका हुन्।
सो अवसरमा बोल्दै मन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरियो । उनले आम जनताको स्वास्थ्यमा गुणस्तरी पहुँत वृद्धिका बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताए।
प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा .श्रीराम तिवारीले जानकारी दिए। एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो । हाल रहेको प्रसुती भवनको नजिकै नयाँ युनिट थप गरिएको उनले बताए।
स्वीट्स रुममा पति वा नजिकको अभिभावकसँगै रहने व्यवस्था गरिएको छ । प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोख्रेलले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ मंसिर २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित