बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, ११ : १५
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

file Photo

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्तारुढ दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

एनसेल प्रकरण,राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायता नेताहरु उपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस