साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, ०८ : १७
साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौ । साझा यातायातले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा  दरखास्त आह्वान गरेको छ ।

सोमबार सूचना प्रकाशित गर्दै साझाले ३५ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान पेश गर्न सूचित गरेको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । 

दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ ।

त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० (दस) वर्षको अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस