काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक पार्टीका नेता राजेन्द्र महतोले बहिष्कार गरेका छन् । उनले ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरूको नाम केन्द्रिय समितिमा छोडेको र यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ भने पनि अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरेकाले बैठक बहिष्कार गरेको जानकारी गराएका छन्।
लोसपा महासचिव केशव झाका अनुसार ३५ वर्षदेखिका सहकर्मीहरूलाई केन्द्रीय सदस्यमा राख्नुपर्ने प्रस्ताव आफूले गर्दा पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरी बैठक बोलाएपछि आफू बैठकमा आउन नसकेको जानकारी वरिष्ठ नेता महतोले गराएका थिए।
लोसपाको आइतबार दिउँसो केहीअघि सुरु भएको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने–नहुनेबारे निर्णय गर्ने पनि महासचिव झाले बताए।सङ्गठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पनि बैठकमा प्रस्ताव प्रस्तुत गरिएको छ ।
साथै बैठकमा पार्टीको विधान पुनरावलोकन गर्ने र पार्टीका आन्तरिक गतिविधिका लागि प्रस्ताव आएको झाले बताए। उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
रिंकु सदाको मृत्यु प्रकरण अपराधीलाई संरक्षण दिन खोजिँदैछ : राजेन्द्र महतो
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
पाथीभरामा केबलकार बनाउने योजना खारेज होस् : राजेन्द्र महतो