हेटौंडा। १ थान पेस्तोल र २० थान गोलीसहित मकवानपुरबाट ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ का ३५ वर्षीय गणेश घले, ३३ वर्षीय निश्चल पौडेल र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।उनीहरूलाई शुक्रवार हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोही उपमहानगरपालिका ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्न आएपछि पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट हतियार सफा गर्ने रड १ थान, लागुऔषध खैरो हेरोइन २ ग्राम ४ सय मिलिग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ