हेटौंडा। १ थान पेस्तोल र २० थान गोलीसहित मकवानपुरबाट ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ का ३५ वर्षीय गणेश घले, ३३ वर्षीय निश्चल पौडेल र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।उनीहरूलाई शुक्रवार हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोही उपमहानगरपालिका ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्न आएपछि पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट हतियार सफा गर्ने रड १ थान, लागुऔषध खैरो हेरोइन २ ग्राम ४ सय मिलिग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ