आफैँले बोकेको भरुवा बन्दुक पड्केर मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १२ : २१
आफैँले बोकेको भरुवा बन्दुक पड्केर मृत्यु

रूपन्देही । पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ मित्याल गाङ्सिङ डाँडामा आफैले बोकेका भरुवा बन्दुक पड्किएर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको यसरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रातको समयमा फापर खान आएको जङ्गली जनावार (दुम्सी) मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा राती ३ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस