काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन भए मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखेका हुन्।
उनले सङ्घ, प्रदेश, स्थानीय तह र सामाजिक सङ्घसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हक अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सके मात्र मानव अधिकार दिवसले सार्थकता पाउने तर्क गरेका छन्।
व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।
उनेले सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा देओस् भनी कामनासमेत गरेका छन्।संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाइन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा