एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन्। बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो।
बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।
गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन पाएनन्।
सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले लपेटिएको देखिन्छ भने ट्रकअगाडि उभिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ मंसिर २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि