एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन्। बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो।
बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।
गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन पाएनन्।
सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले लपेटिएको देखिन्छ भने ट्रकअगाडि उभिएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ मंसिर २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी