काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए । उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए।
शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अन्य भ्रष्टाचारका अन्य विषयमा पनि छानबिन गर्नुपर्ने बताए। उनले विदेशी लगानीकर्ता नेपालबाट पलायन हुने र प्रवेश नै गर्न नचाहने तर्फ पनि ध्यान दिनुपर्ने बताए । फास्ट ट्र्याक ढिलो भएकोबारे सेनालाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुपर्ने पनि उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १३ : ३४
लेखकबाट थप