कास्की। नेकपा एमालेले शुरू गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेर सो अभियानको पोखरामा शुरू गरेका हुन् ।
यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् ।
अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरेका थिए ।पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा छन् ।
पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो ।कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो ।
सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका थिए ।उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी