काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।
यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दैँ, यस्ताे छ सम्भावित कार्यसूची
राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत