काठमाडौ । नेपाली युवा टोलीले एसीसी यू १९ एसिया कपको पहिलो खेलमा आज (शुक्रबार) पाकिस्तानसँग खेल्दैछ।
यूएईको आइसीसी एकेडेमी ओभल २ मा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपाली टोली आजको खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ। एसिया कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन।
प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको नेपालका लागि यो विश्वकपको राम्रो तयारी हो। नेपालले आगामी जनवरी-फेबु्रअरीमा हुने विश्वकप खेल्दैछ। एसिया कप खेल्ने टोलीबाट जापान र यूएई बाहेक अन्य सबै टोलीले विश्वकप खेल्नेछन्।
एसिया कपमा स्थान बनाउने टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन्। अलराउन्डर र गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राजभण्डारीले एसिया कपका लागि टोलीमा स्थान बनाएका हुन्।
यी खेलाडीले एसियाकपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दीपक बोहरा टोलीमा अटाउन सकेनन्।
एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। एसिया कप मंसिर २२ देखि पुष १ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा