अखिल भारतीय विद्यार्थी परिषद्‌को सम्मेलनमा सहभागी हुन नेपाली विद्यार्थी नेता दिल्लीमा

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १६ : २१
अखिल भारतीय विद्यार्थी परिषद्‌को सम्मेलनमा सहभागी हुन नेपाली विद्यार्थी नेता दिल्लीमा

काठमाडौं। अखिल भारतीय विद्यार्थी परिषद्‌को ६९ औं सम्मेलनमा सहभागी हुन नेपालका प्रमुख विद्यार्थी संगठनका नेताहरू भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।अखिल भारतीय विद्यार्थी परिषद्‌को निमन्त्रणामा नेपालका विद्यार्थी संगठनका नेताहरू दिल्ली गएका हुन् ।

 

शुक्रवारदेखि आइतवारसम्म चल्ने सम्मेलनमा सहभागी हुन कांग्रेस निकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पा बिहीवार नयाँ दिल्ली गएका हुन् ।

यस्तै नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडाल र माओवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पनि दिल्ली पुगेका छन् ।परिषद्को ६९ औं सम्मेलनको शुक्रवार भारतीय गृहमन्त्री एवं भाजपा नेता  अमित शाहले उद्‌घाटन गर्ने कार्यक्रम छ । 

 

 

प्रतिक्रिया दिनुहोस