काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको कार्य विभाजन गरेको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अन्तर पार्टी निर्देशनमार्फत कार्य विभाजनको सूची जिल्लामा पठाएका हुन् ।
प्रदेश कमिटी पदाधिकारीमध्ये अध्यक्ष ढुङ्गेलले जनसङ्गठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्ने उल्लेख छ । त्यस्तै, उपाध्यक्ष दावादोर्जे लामा उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलाव सङ्गठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जन वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामाले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
बैठकले सबै पालिका र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका इन्चार्जहरू समेत तोकेको छ । प्रस्तावित कार्यविभाजन ३ महिना कामको परीक्षणपछि हेरफेर हुनसक्ने र कसैको गुनासो वा असन्तुष्टि भए त्यसलाई समेत समेटेर लगिने अध्यक्ष ढुङ्गेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना