धनगढीमा टाटाका मेकानिक्स तथा पार्टस वितरकको भेला​​​

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १२ : ०७
धनगढीमा टाटाका मेकानिक्स तथा पार्टस वितरकको भेला​​​

काठमाडौं। सिप्रदी अटोपार्टस प्रालिले टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरूको भेला आयोजना गरेको छ ।​सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको भेलाको प्रमुख उद्देश्य टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरूलाई अधिकतम फाइदा उपलब्ध गराउने रहेको कम्पनीले जनाएको छ ।

 

कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाइदाहरूको बारेमा जानकारी दिएका थिए ।

करिब ५० जनाको उपस्थिति रहेको कार्यक्रमलाई सिप्रदी अटोपार्टसका क्षत्रीय प्रबन्धक डम्बर चन्दले सञ्चालन गरेका थिए ।कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहारसहित सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस