रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए ।
‘सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्त्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौँ,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौँ, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौँ । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौँ ।’
देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्त्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ । ओलीले भने,‘अवस्थाले धेरै अवगतबारे छौँ, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिँडेका छौँ ।’
अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन