एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसद वाग्लेको माग

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, १२ : २३
एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसद वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभलाई पत्र काट्नुपर्ने बताएका छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले एनसेलका कार्यकारी अधिकृत कायुमोभलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘एनसेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराएको छ । नेपालमा लगानीको वातावरण छैन भनेको छ ।’ यसबाट लगानी सम्मेलनको पूर्व सन्ध्यामा नेपालमा लगानीको वातावरण नरहेको सन्देश जाने वाग्लेको भनाइ छ ।

आजियाटाले लगानी फिर्ता लैजानु नौलो नभए पनि लगानीको वातावरण छैन भन्नू गलत भएको उनको भनाइ छ । सोही कारण प्रमुख कार्यकारी अधिकृत कायुमोभलाई समितिमै बोलाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस