राजमार्ग आसपासका होर्डिङ बोर्ड र अस्थाई भौतिक संरचनाहरू भत्काउँदै सडक डिभिजन

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १३ : २४
राजमार्ग आसपासका होर्डिङ बोर्ड र अस्थाई भौतिक संरचनाहरू भत्काउँदै सडक डिभिजन

काठमाडौं। सडक डिभिजन भरतपुरले राजमार्गमा अनधिकृत तवरले राखिएका होर्डिङ बोर्ड र अस्थाई भौतिक संरचनाहरू भत्काउन शुरू गरेको छ । अनधिकृत होर्डिङ बोर्ड तथा अस्थाई भौतिक संरचनाले दुर्घटनाको जोखिम बढाएको भन्दै भत्काउन थालिएको हो ।

 

 

आज मुग्लिन-नारायणगढ सडक खण्डमा अनधिकृत तवरले राखिएका होर्डिङ बोर्ड तथा अस्थाई संरचनाहरू हटाइएको डिभिजनले जनाएको छ ।राजमार्गमा विभिन्न निजी कम्पनी तथा संस्थाले राखेका होर्डिङ बोर्डलगायत प्रचार सामग्री क्रमश: हटाउँदै जाने डिभिजनले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस