सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषको सम्मान

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, १४ : ५९
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषको सम्मान

काठमाडौं। अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् ।

 

गत वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उदेश्यले अपाङ्ग कोषलार्ई  उक्त रकम सहयोग गरेको थियो । 

अपाङ्ग कोषले अपाङ्गता भएका १ हजार ५०० जना व्यक्तिहरूका लागि वार्षिक रूपमा आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । 

सिटी एक्सप्रेसले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै संघ-संस्थालाई सहयोग गर्दै आएको छ ।यसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारू गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस