काठमाडौं । नेपाली आकाशमा हाल भारत उत्तर प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभाव छ।
जल तथा मौसम विज्ञान विभागकम अनुसार आज दुईवटा प्रदेशमा हल्का वर्षा तथा तीनवटा प्रदेशमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमलगायत पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगकै १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?