काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपांगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सरकार र सरोकारवाला निकायहरूलाई अपांगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो ।
विश्वभर हरेक वर्ष तीन डिसेम्बरको दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ । नेपालमा पनि यस वर्षको ३२औँ दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्रसमेत हो ।
आयोगले ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
शान्ति सुरक्षा मजबुत बनाउनू: मानव अधिकार आयोग
जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगको अपिल
कैदी बन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको आग्रह
लोकतान्त्रिक मूल्य र कानूनी शासनको आधारमा निकास खोज्न मानव अधिकार आयोगको सुझाव