टी-२० सिरिज: भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल आज

एजेन्सी

आइतबार, १७ मंसिर २०८०, ०८ : ३१
टी-२० सिरिज: भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल आज

एजेन्सी । भारत र अस्ट्रेलियाबीच जारी टी-२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ ।

दुई देशबीचको खेल बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ७ बजे शुरू हुनेछ । 

यसअघि नै सिरिजमा कब्जा जमाइसकेको भारतसँग अस्ट्रेलियाविरुद्ध पहिलोपटक एकै टी-२० सिरिजमा चार जीत खेल जित्ने मौका छ । भारतले यसअघि अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा तीनभन्दा बढी खेल जितेको छैन । 

तर, एम चिन्नास्वामी स्टेडियममा खेलिएका टी-२० खेलमध्ये अस्ट्रेलियाले एक खेल पनि हारेको छैन ।