अस्ट्रेलिया विरुद्ध भारत एक खेल अगावै विजयी

एजेन्सी

शनिबार, १६ मंसिर २०८०, ०७ : ४६
अस्ट्रेलिया विरुद्ध भारत एक खेल अगावै विजयी

एजेन्सी । भारतले चौथो टी–२० आई खेलमा अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ ।

यो जितसँगै भारतले एक खेलअगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारतले एक खेलअगावै सिरिज ३–१ ले जितेको हो ।

गएराति भएको खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।