नोभेम्बरमा नेपाल भित्रिए १ लाख ८ हजारभन्दा बढी पर्यटक

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १४ : २५
नोभेम्बरमा नेपाल भित्रिए १ लाख ८ हजारभन्दा बढी पर्यटक

काठमाडौँ । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ । नोभेम्बरमा मात्रै एक लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए ।

त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना नेपाल घुम्न आए ।

सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस