काठमाडौँ । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ । नोभेम्बरमा मात्रै एक लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए ।
त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना नेपाल घुम्न आए ।
सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए