भारतको बैंग्लोरका १५ विद्यालयमा बम विस्फोटको धम्की

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १२ : ५७
भारतको बैंग्लोरका १५ विद्यालयमा बम विस्फोटको धम्की

काठमाडौं। भारतको बैंग्लोरका कम्तीमा १५ विद्यालयमा अज्ञात समूहले बम विस्फोटको चेतावनी दिएको छ । शुक्रबार बिहान इमेलबाट ती विद्यालयमा बम विस्फोट गराउने धम्की दिइएको बीबीसी हिन्दीले जनाएको छ । 

 

समाचारमा जनाइएअनुसार बिहान ७ बजे इमेलमार्फत् विद्यालयमा बम विस्फोट गराउने धम्की दिइएको हो । विस्फोटको चेतावनीपछि स्कुल गएका विद्यार्थीलाई घर फिर्ता पठाइएको छ ।

ती स्कुलहरूमा व्यापक प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले 'ती धम्कीहरू नक्कली(फेक) हुनसक्ने' आकलन गरेको छ ।सन् २०२२ मा पनि दक्षिणी बैंग्लोरमा १५ स्कुलमा बम विस्फोटको धम्की दिइएको थियो । तर, अहिले भने उत्तरी बैंग्लोरका स्कुललाई धम्की दिइएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस