काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन्।
उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन्। उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन्।
उनले आफूहरू पार्टीका विभागहरू भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन्। उनले संविधान नै संशोधन गरेर भए पनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन्। उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनुपर्ने बताइन्। सांसद राणाले सबै ठाउँमा महिला-महिलाबीच प्रतिस्पर्धा गर्ने स्थान हुनुपर्ने उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ मंसिर २०८०, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीले टिपाए नाम
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा