काठमाडौं । सरकारले जाजरकोट भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाली प्रहरी सशस्त्र प्रहरी लगायतलाई खटाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
त्यस्तै, सरकारले रु. १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ । मंसिर ७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
यस्ता छन् सरकारका ३५ निर्णयहरुः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय