कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, ०७ : ००
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज बिहान मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

 दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस