काठमाडौं । नेपाली कांग्रेसले आफू लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनमा विश्वास गर्ने स्पष्ट पारेको छ । देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासप्रति लागिरहेको बताए ।
उनले भने, ‘विभिन्न बहानामा यो सिस्टम धेरै ठूलो मेहनत र प्रयासबाट स्थापित छ । यसमा प्रश्न उठाउन लक्ष्यका साथ अनेकौ बहानाबाजी गरेर कमजोर गर्ने कोसिस विभिन्न कोणबाट प्रकट भएकै छ । तर, जनताबाट स्थापित भएको व्यवस्था यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । विविध कारणले कुनै समस्याहरु आउन सक्छन् ।’
यस्तै, उनले बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको समेत बताए । उनले भने, ‘महासमितिको बैठक जनसरोकारको विषय र राष्ट्रिय महत्वको विषयलाई कसरी प्रस्तुत गराउने र छलफल गराउँने भन्नेबारे भयो । अब कार्यसम्पादन समिति केन्द्रीय समितिको बैठक बसेर सुझाव दिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने