काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सोमवार(आज) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्याय परिषद्को सिफारिस अनुसार उनीहरूलाई तोक्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।
मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त पदमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। कुँवर उच्च अदालतका न्यायाधीश हुन्।
विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको थियो। उनीहरूलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय