आजको मौसम : ४ वटा प्रदेशमा हल्का हिमपातको सम्भावना

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, ०६ : २३
आजको मौसम : ४ वटा प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज ४ वटा प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का  हिमपातको सम्भावना छ। यस्तै, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।

अहिले नेपाली आकाशमा पश्‍चिमी वायु र भारतको राजस्थानमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

सोही कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकी, कोशी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस