आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १६ : ४५
आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

काठमाडौं। इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ ।

भारतको मुम्बईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा यही मंसिर ७ गते सम्पन्न एक भव्य समारोहमा बिमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’बाट सम्मानित भएको हो ।

 

विश्वकै प्रतिष्ठित पिडब्लूसीले एशियाका बीमा कम्पनीहरूको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरूलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस