सुरुङमा फसेका ४१ मजदुरबारे उत्तराखण्डका मुख्यमन्त्री– पाइप हाल्ने काम पूरा भयो, छिट्टै उद्धार गरिनेछ

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १५ : ५९
सुरुङमा फसेका ४१ मजदुरबारे उत्तराखण्डका मुख्यमन्त्री– पाइप हाल्ने काम पूरा भयो, छिट्टै उद्धार गरिनेछ

काठमाडौं। भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने प्रयास मंगलवार पनि भइरहेको छ । १६ दिनदेखि फसेका उनीहरूलाई निकाल्न हरसम्भव प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

 

उत्तरकाशीको सिल्कयारा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धारका लागि गरिएको अपरेसनको पछिल्लो अवस्थालाई भारतीय सरकारी एजेन्सी एएनआईले देखाएको छ । जसलाई ड्रोनले खिचिएको छ । जहाँ सुरक्षाकर्मीसहितको उद्धार टोली हरसम्भव प्रयास गरिरहेको देख्न सकिन्छ । 

 

यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्विट गर्दै सुरुङभित्र पाइप हाल्ने काम पूरा भएको भन्दै कामदारहरूको छिट्टै उद्धार गरिने जनाएका छन् ।

 

 

‘सुरुङभित्र पाइप हाल्ने काम पूरा भएको छ । सबै कामदारहरूलाई छिट्टै उद्धार गरिनेछ,’ उनले लेखेका छन् ।निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस