सुनको मूल्यमा नयाँ रेकर्ड

पत्रपत्रिकाबाट

मंगलबार, १२ मंसिर २०८०, ०७ : ५५
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौ । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपियाँ बढेर एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको हो । मङ्सिर महिनामा विवाहको लगनको सिजनको भए पनि सुनको कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । त्यसमा सुनको मूल्य उच्च हुनु पनि कारक तत्व बनेको छ ।

सुनको मूल्य उच्च हुँदा माग बढ्न सकेको देखिँदैन । अन्तर्राष्ट्रिय  बजारमा  मूूल्य  बढेपछि  त्यको  प्रभाव  स्थानीय बजारमा पर्ने गर्छन् । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इजरायल र हमासको युुद्धका कारण साथै अमेरिकाको फेडरल बैङ्कको ब्याजदर नबढाउने नीति कारण गर्दा सुनको मूल्य बढ्न गएको जानकारी दिए ।

डलर मजबुत भएपछि सुनको मूल्य घट्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्दै गएकाले मूल्यमा समेत वृद्धि भएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।