काठमाडौं । भारतको राजस्थान आसपासमा विकसित न्यून चापीय प्रणालीको प्रभाव नेपाली आकाशसम्म देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपाली आकाशमा पश्चिमी वायुको सामान्य प्रभाव पनि छ। दुवै वायुको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली भेगका केही स्थान एवं देशका बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। तसर्थ, वर्षा, हिमपात र देशभरिको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना