हालसम्म कति रकम जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ?

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, १३ : २२
हालसम्म कति रकम जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ?

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ । जाजरकोट भूकम्प प्रभावितका निम्ति सो रकम जम्मा भएको हो ।

गएको कात्तिक १८ देखि मङ्सिर १० गतेसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोषमा हालसम्म ७१ भन्दा बढी सङ्घसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका बताइको छ ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।